संगालोखबर

विराटनगर । मोरङको धनपालथानमा ठूलो परिमाणमा प्रहरीले गाँजा बरामद गरेको हो । धनपालथान गाउँपालिका–७ स्थित राजकुमार सिंहको गोठमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

विशेष सूचनाका आधारमा उक्त स्थानमा तलासी गर्दा गोठमा बोरामा राखिएको गाँजा भुसभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

बरामद गाँजा ४९ वटा बोरामा करिब १ हजार ५४८ किलो रहेको जनाइएको छ । गाँजा कसले त्यहाँ लुकाएको भन्ने खुलिसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोठका धनी सिंह र स्थानीय बासिन्दाहरुसँग सोधपुछ गर्ने कामसहित अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!