संगालोखबर

विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी–२०२४’ प्रतियोगिताको फाइनल असार अन्तिम साता हुने भएको छ । प्रतियोगिताको उपाधिका लागि फाइनलमा २६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी, हेखाङ चामलिङ राई, इटहरीकी एलिजा केशी, संस्कृति ओझा, स्वस्तिका राई, कल्पना सहनी, शुभलक्ष्मी राई, बबिना मगर, कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता राई छन् ।

यस्तै, धरानकी रेशु राई, रोमिका राई, निशा हागङमा लिम्बु, इना खापुङ, जेनिफर राई, समिस्टा बि.क, करुना गजमेर प्रतिस्पर्धामा छन् । यसैगरी बराहक्षेत्रकी सृजना थापा, विराटनगरकी गीता अधिकारी, जुम्लाकी कृति श्रेष्ठ, रतुवामाईकी निगम मोक्तान तामाङ, सिरहाकी सुजिताकुमारी साह, उर्लाबारीकी रोजिना खड्का र धनकुटाकी दृष्टि कार्की फाइनलमा पुगेका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । आठौँ संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् । प्रतियोगीहरुले यसअघि ट्यालेन्ट शो पनि देखाएका छन् । उनीहरुले आफ्नो रुचि अनुसारको प्रतिभा ट्यालेन्ट राउन्डमा देखाए । फाइनलमा पुगेका प्रतियोगीहरु अहिले बन्द प्रशिक्षणमा छन् । उनीहरुले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा पुगेका प्रतियोगीहरुलाई प्रशिक्षण दिँदै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!