संगालोखबर

विराटनगर । असार दोस्रो साता भइसक्दा कोशी प्रदेशमा १४ प्रतिशतमात्र धान रोपाइँ भएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपाइँ हुने गरेको छ ।

Advertisement

करिब २ लाख ७६ हजार ३८३ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० हेक्टर जमिनमा मात्र रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष यही अवधिमा १६ दशमलव ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको तथ्यांक छ । झापामा सबैभन्दा धेरै ७५ हजार ७५९ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार २२५ हेक्टरमा धान रोपिने गरेको छ ।

हालसम्म झापामा ११ दशमलव ३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९ दशमलव ४०, सङ्खुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५ दशमलव २५ प्रतिशत, ओखलढुङ्गामा १२ दशमलव २५ प्रतिशत र खोटाङमा १३ दशमलव ४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!