गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिती बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गरेर जानकारी लिएका हुन् ।  गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको ...
विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगर । विराटनगरको बरगाछीमा सवारी साधन व्यवस्थित रूपमा सञ्चालन गर्न आजदेखि ट्राफिक लाइट औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ । केही समयअघि जडान गरिएको लाइट परीक्षणपछि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । सवारी साधनको बाक्लो चाप हुने यस स्थानमा ट्राफिक लाइट सञ्चालन भएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ । स्थानीय गोविन्द खड्का भन्छन्, ‘बरगाछी दुर्घटनाको केन्द्रजस्तै बनेको थियो । यहाँ ट्रा...
आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

विराटनगर । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’ उपाधि जितेकी हुन् । आज आयोजित ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दीक्षा अवस्थीले प्राप्त गरिन् । यो वर्षको प्रतियोगिताम...
भारतलाई हराउँदै काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

भारतलाई हराउँदै काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

विराटनगर । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाडौँमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जितसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्‍याे । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बरा...
आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

विराटनगर । ‘मिस नेपाल–२०२४’ को ग्राण्ड फिनाले आज साँझ सम्पन्न हुँदैछ । हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना गर्दैछ । २६ जना युवतीहरू मध्येबाट आज नयाँ मिस नेपाल घोषणा हुनेछ । यसपटकको मिस नेपालमा अस्ट्रेलिया, अमेरिका, बेलायत तथा हङ्कङमा अध्ययन तथा रोजगारीको क्रममा बसोबास गरिरहेका नेपाली युवतीहरूले समेत सहभागिता जनाएका छन् । आयोजक संस्थाले प्रतियोगित...
विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगर । ‘विराटनगर विद्यालय नाटक महोत्सव’ को चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्ने भएको हो । आरोहणले महोत्सवमा विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिङ्क  प्रयोग ग...
२०८१ साउन १९ गते शनिबार/आजको राशिफल

२०८१ साउन १९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ साउन १९ गते शनिबार ई.सं.२०२४ अगस्त ०३ नेपाल सम्वत् ११४४ दिल्लागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चर्तुदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वज्र योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर ज...
तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

इलाम । माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा माई नगरपालिका–१० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की छन् । दुर्घटनामा मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामल...
कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा गए रातिदेखि वर्षा भइरहेको छ । वेगसँग हावा चल्ने र पानी पर्ने क्रम जारी छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने क्रम जारी रहेको जनाइएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लु...
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् । टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका–९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोट...
धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध

धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध

धनकुटा । धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनको भाडादर वृद्धि गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् । व्यवसायीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मनोमानी ढङ्गले भाडावृद्धि गरी मर्कामा पारेको भन्दै विरोध गरेका हुन् । बसपार्कस्थित नगरपालिकाको स्वामित्वमा रहेको व्यापारिक भवन भाडामा लगाइएको छ । उक्त भवनमा १३ जनाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले आफूहरूलाई मर्कामा पार्ने गरी नगरपालिका...
इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

सुनसरी । सुनसरीको चौरस्ता बजार इटहरीमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । आज अपराह्न इटहरी उपमहानगरपलिका–६ मा विराटनगरबाट आउँदै गरेको प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकको ठक्करले उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्रक चालक धरान उपमहानगरपालिका–१३ का ४५ वर्षीय गोवि...
धनकुटामा मनाइयो गठेमङ्गल

धनकुटामा मनाइयो गठेमङ्गल

धनकुटा । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व धनकुटामा पनि मनाइएको छ । यो पर्व विशेषगरी नेवारी समुदायले परापूर्वकालदेखि मनाउँदै आएका छन् । गठेमङ्गल नाम गरेका नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप यो पर्व मनाइँदै आएको छ । हरियो नर्कट, निगालो साथै सिमलीको सेउला मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने गरिन्छ । बिहानै उठेर स्नान, पूजापाठ गरी आ–आ...
ऐतिहासिक फिल्म ‘नालापानी’ साउन २५ देखि दर्शकमाझ

ऐतिहासिक फिल्म ‘नालापानी’ साउन २५ देखि दर्शकमाझ

विराटनगर । ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘नालापानी’ साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि पनि प्रदर्शन भइसकेको फिल्म पुनः प्रदर्शन हुने भएको हो ।  फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीले यसअघि प्रदर्शनको मिति साउन १८ तोकिएको भएपनि विद्यार्थीलाई लक्षित गरी २५ गतेदेखि देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए । फिल्मको नयाँ ट्रेलर पनि सार्वजनिक गरिसकिएको अधिकारीले जानकारी दिए । ‘न...
कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् ।  नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका ...
कक्षा १२ को नतिजा आज प्रकाशन हुने

कक्षा १२ को नतिजा आज प्रकाशन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठकले आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनका लागि अन्तिम चरणको प्रक्रिया भइरहेको छ । प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको उनले बताए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हज...
आजको मौसमः कतै वर्षा, कतै हावाहुरी

आजको मौसमः कतै वर्षा, कतै हावाहुरी

विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कतिपय स्थानमा वर्षा भइरहेको छ । कोशी प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ भने तराई क्षेत्रमा वेगले हावा चलिरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने ...
झापामा गाडीको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

झापामा गाडीको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

झापा । झापाको हल्दीबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गएराति दुईजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ मा पर्ने हुलाकी मार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारी–५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र–६ प्रकाशपुरका २१ वर्षीय बिकेश कार्कीको मृत्यु भएको हो । राजगढबाट जलथलतर्फ जाँदै गरेको म...
धनकुटामा एक वर्षको अवधिमा गाँजा र खैरो हिरोइनसहित २७ जना पक्राउ

धनकुटामा एक वर्षको अवधिमा गाँजा र खैरो हिरोइनसहित २७ जना पक्राउ

धनकुटा । एक वर्षको अवधिमा धनकुटाबाट लागूऔषधसहित २७ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा गाँजा र खैरो हिरोइनसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा प्रहरीले गाँजाका १७ वटा र खैरो हिरोइनका ३ वटा मुद्दा दर्ता गरेको छ । पक्राउ परेकाहरूको साथबाट १ हजार ५ सय ९५ किलो ६५ ग्राम गाँजा र ३ ग्राम १ सय ८० मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी ...
बेस्याहार भए धनकुटाको मुगाका मौलिक घरहरू

बेस्याहार भए धनकुटाको मुगाका मौलिक घरहरू

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–८, मुगामा रहेका मौलिक संरचनायुक्त घरहरू संरक्षण अभावमा बेस्याहार बनेका छन् । दुई सय वर्षभन्दा पुराना कलाकौशल सहितका घरहरू संरक्षणको पर्खाइमा छन् । तत्कालीन मुगा गाविस–४ र साबिक पाख्रीबास नगरपालिका–८ मा पर्ने मुगामा रहेका यी घर संरक्षण नहुँदा मासिने अवस्थामा पुगेका छन् । ‘मुगाली थापा’ भनेर यहाँका थापाहरु चर्चित छन् । दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थाप...
२०८१ साउन १८ गते शुक्रबार/आजको राशिफल

२०८१ साउन १८ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ साउन १८ गते शुक्रबार ई.सं.२०२४ अगस्त ०२ नेपाल सम्वत् ११४४ दिल्लागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, हर्षण योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ०६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ज...
वक्तृत्वकला प्रतियोगितामा सम्झना भइन् प्रथम

वक्तृत्वकला प्रतियोगितामा सम्झना भइन् प्रथम

धनकुटा । धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा भएको वक्तृत्वकला प्रतियोगितामा छात्रा सम्झना पौडेल प्रथम भएकी छन् । प्राज्ञिक विद्यार्थी नेपाल गोकुण्डेश्वर एकाइले ‘विद्यार्थी वर्तमानका हिस्सेदार भविष्यका कर्णधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा अरुलाई उछिन्दै कक्षा ११ की छात्रा पौडेल प्रथम भएकी हुन् । प्रतियोगितामा अपेक्षा काफ्ले द्वितीय र कमल पौडेल तृतीय भए । उनीहरु ...
भोजपुरमा बाढीले बगाएका दुवै मजदुर मृत भेटिए

भोजपुरमा बाढीले बगाएका दुवै मजदुर मृत भेटिए

भोजपुर । साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुवैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । उनीहरूको शव पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ । दुवै मजदुरको शव सङ्खुवासभास्थित अस्पतालमा पुर्‍याइएको छ । सङ्खुवासभाको  प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सनाखत भइसकेकाले अब शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइने छ । गत मंग...
स्कुल जान हिँडेका बालकको खोलामा डुबेर मृत्यु

स्कुल जान हिँडेका बालकको खोलामा डुबेर मृत्यु

पाँचथर । प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीको खोलामा डुबेर मृत्यु भएको छ । फालेलुङ–५ खेदोक निवासी बालकृष्ण राईका ११ वर्षीय छोरा दीप राईको खेदोक खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट स्कुल जान भनेर हिँडेका उनलाई हिजो अपराह्नतिर खोलामा तैरिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । राईको सर्ट र स्कुल जाँदा प्रयोग गर्ने झोला...
मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

विराटनगर । नेकपा एमालेको उपाध्यक्षमा मोरङका गुरुप्रसाद बराल मनोनीत भएका छन् । काठमाडौँस्थित होटल बसेरामा आज बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । यसअघि पार्टी उपाध्यक्षको जिम्मेवारीमा सुवास नेम्वाङ थिए । उनको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो । बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए । इमान्दारी, लगनशीलता र निष्ठाको राजनीति गर्ने बराल एमालेको राजनीतिमा ...
एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन

एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन

विराटनगर । नेकपा एमालेले सातैवटा प्रदेशका लागि इन्चार्जहरू तोकेको छ । आज बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शेरधन राईलाई जिम्मेवारी दिएको छ । यसैगरी, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ । यसअघि एमालेले फर...
मोरङको सुनबर्सीमा दम्पतीमाथि दाउ प्रहार

मोरङको सुनबर्सीमा दम्पतीमाथि दाउ प्रहार

विराटनगर । मोरङको सुनबर्सीमा धारिलो हतियार प्रहारबाट दम्पती घाइते भएका छन् । सुनबर्सी नगरपालिका–६ मा स्थानीय ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि गएराति धारिलो हतियार दाउ प्रहार भएको प्रहरीले जनाएको छ । भतिजा पर्ने २५ वर्षीय राजु साहले उनीहरूमथि आक्रमण गरेको प्रहरीको भनाइ छ । पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा दम्पतीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रह...
टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने भएको छ । बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि राति सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ । सूचना जारी गर्दै टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाइएको छ । उक्त समयमा मोबाइल भ्वाइस,...
कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

विराटनगर । प्रदेशमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँसँग समझदारी गरेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोष र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशका विभिन्न जिल्लाका गरी १२ कक्षा उत्तीर्ण करिब एक हजारजना युवालाई तालिम दिई यसै वर्ष अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ । यो समझदारीले सरकारको उक्त योजनालाई मद्द...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । गएराती वर्षासँगै परेको चट्याङ लागेर पाख्रीवास नगरपालिका-६ छरछरेका ६५ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । राती करिव साढे १० बजे घरमा सुतिरहेका बेला चट्याङ लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । चट्...
प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

झापा । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा मुद्दती खातामा जम्मा गरिएको एक करोड रुपैयाँभन्दा बढी रकम ‘गायब’ भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । मुद्दती खाताको अवधि पूरा भएपछि रकम निकाल्न बैंक जाँदा खातामा रकम नै नरहेको पाइएपछि बचतकर्ता चकित भएका थिए । उक्त बैङ्कको शाखामा बिर्तामोड नगरपालिका–७ की मञ्जु नेपालको नाममा खातामा २०२४ जनवरी १६ मा ६ महिनाका लागि एक करोड १० लाख ४३ ह...
error: Content is protected !!