संगालोखबर


काठमाडौं । शिक्षा र स्वास्थ्यको समता शुल्क खारेज गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ मा व्यवस्था गरिएको दुवै शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको जनाएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यी शुल्कको व्यवस्था गरेको थियो ।

Advertisement

साउन १ गतेदेखि लागू भएका ती शुल्कप्रति निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र र सर्वसाधारणबाट आलोचना भएपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भएको थियो ।

मंगलबार प्रधानमन्त्री बालेन शाहले नै शिक्षा र स्वास्थ्य समता शुल्क हटाउने प्रक्रिया तत्काल अघि बढाइने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!