
सिराहा । सिराहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले गाँजा बरामद गरेकाे छ । प्रहरीले नास्पाती राखेकाे क्रेटहरूबाट ६५२ किलो गाँजा बरामद गरेकाे हाे ।
विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टोलीले बा २१ च ५८६६ नम्बरको पिकअप गाडीमा खानतलासी गर्दा ४६ वटा क्रेटमा गाजाँ भेटिएकाे छ । गाडीबाट करिब ९ हजार ९२० किलो नास्पाती पनि नियन्त्रणमा लिइएको छ ।
नास्पातीमा लुकाएर गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा लहान नगरपालिका-३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान-३ बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान सुरू गरिएकाे प्रहरीले जनाएकाे छ ।

संगालोखबर 



















