
काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी कागजातलाई अवैध घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितसँग साहुले गरेका फर्जी कागजात अवैध घोषणा गर्ने निर्णय गरेको हो ।
यससँगै सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौतालाई अनुमोदन गरेको छ । साउन १ गते सरकारी वार्ता समितिले आन्दोलनरत मिटरब्याज पीडितसँग सहमति गरेको थियो ।
‘अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच मिति २०८३ साउन १ मा भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

संगालोखबर 



















