प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…
झापा । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा मुद्दती खातामा जम्मा गरिएको एक करोड रुपैयाँभन्दा बढी रकम ‘गायब’ भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।
मुद्दती खाताको अवधि पूरा भएपछि रकम निकाल्न बैंक जाँदा खातामा रकम नै नरहेको पाइएपछि बचतकर्ता चकित भएका थिए । उक्त बैङ्कको शाखामा बिर्तामोड नगरपालिका–७ की मञ्जु नेपालको नाममा खातामा २०२४ जनवरी १६ मा ६ महिनाका लागि एक करोड १० लाख ४३ ह...




























