धनकुटाको छिन्ताङमा एक पुरुष मृत फेला
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ छिन्ताङको श्रीवानी स्थित कार्की खोलामा एक जनाको शव फेला परेको छ । पहेँलो भेस्ट र निलो जिन्स पेन्ट लगाएका पुरुषको शव अर्ध घोप्टो परेको अवस्थामा शनिबार दिउँसो फेला परेको हो ।
अन्दाजी ४५/५० वर्षको पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । घटनास्थलमा सम्पूर्ण प्रक्रिया पूरा गरेर शवलाई जिल्ला ...

























