विराटनगरको लाइफगार्ड अस्पतालमा आगोले डेढ करोडको क्षति

विराटनगरको लाइफगार्ड अस्पतालमा आगोले डेढ करोडको क्षति

विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आज दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल प्रयोग गरी एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि यकिन भइसकेको छैन । यसबारे अनुसन्धान भ...
विराटनगरको सेन्टजोसेफले अनौठो तरिकाले गर्यो विद्यार्थीलाई स्वागत

विराटनगरको सेन्टजोसेफले अनौठो तरिकाले गर्यो विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगरको ‘सेन्टजोसेफं प्लस टु’ ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अनौठो तरिकाले स्वागत गरेको छ । स्कुल परिसरमा एक फरक कार्यक्रमको आयोजना गरेर स्कुलले विद्यार्थीहरूलाई नयाँ तरिकाले स्वागत गरिएको डाइरेक्टर रोहितजंग थपलियाले जानकारी दिए । उनले अन्यभन्दा फरक रूपमा सेन्टजोसेफलाई चिनाउन पनि ‘फ्रेसर पुल पार्टी’ को आयोजना गरेको बताए । यस कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा पनि...
जन्मदिनमा आश्रमका बालबालिकालाई भोजन

जन्मदिनमा आश्रमका बालबालिकालाई भोजन

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सङ्घीय सांसद योगेन्द्र मण्डलले आश्रममा छोराको जन्म दिन बालबालिकालाई सहयोग गरी मनाएका छन् । छोरा तेजस्वीको २३औं जन्म दिन विराटनगरको पूर्वाञ्चल बाल आश्रममा आश्रितहरूलाई खाना खुवाएर मनाएका हुन् । पछिल्लो समय तडकभडकका साथ जन्म दिन मनाउने र अनेकन बिकृति मौलाइरहेको बेला त्यसलाई चिर्दै छोराको जन्म दिन आश्रममा मनाएको उनले बताए । अनावश्यक पैसा खर्च गरेर तडकभ...
विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आज दिउँसो पौने ३ बजेतिर आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास जारी छ । विराटनगर महानगरपालिकाको दकमल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अस्पताल प्रशासनका अनुसार आगलागीका बेला आईसीयूमा कोही बिरामी थिएनन् । आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको छ । यकिन कार...
मोरङको सुन्दरहरैँचामा श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मोरङको सुन्दरहरैँचामा श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका–१० का ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा आज बिहान उनले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते महिलालाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएको थियो । उपचारका क्...
चोरीमा संलग्न झापाको अर्जुनधाराका तीनजना बन्दुकसहित पक्राउ

चोरीमा संलग्न झापाको अर्जुनधाराका तीनजना बन्दुकसहित पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित एक पसलबाट सामान चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक बरामद गरिएको छ । उनीहरूले स्थानीय इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ । शनिश्चरेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गर...
धनकुटामा क्यान्सर परीक्षण सेवा सुरू हुने

धनकुटामा क्यान्सर परीक्षण सेवा सुरू हुने

विराटनगर । धनकुटामा क्यान्सर उपचारसम्बन्धी सेवा उपलब्ध हुने भएको छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा कोशी प्रदेशको धनकुटाबाट सेवा दिने भएको हो । अस्पतालले भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार...
मोटरसाइकलमा गाँजा ओसार्ने धनकुटाको साँगुरीगढीका युवक पक्राउ

मोटरसाइकलमा गाँजा ओसार्ने धनकुटाको साँगुरीगढीका युवक पक्राउ

विराटनगर । मोटरसाइकलमा गाँजा ओसारिरहेको अवस्थामा प्रहरीले धनकुटाको साँगुरीगढी–९ का २३ वर्षीय रामबहादुर राईलाई पक्राउ गरेको छ । सुनसरीको दुहबी–५ मा उनी चढेको बा ५७ प १२२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गाँजा ओसारिरहेको पाइएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ३९ किलो गाँजा बरामद गरेको छ । धनकुटाका राईसहित प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको कोशी प्रदे...
भोजपुरको साल्पासिलिछोमा बाढीले सडक बगाउँदा आवागमन बन्द

भोजपुरको साल्पासिलिछोमा बाढीले सडक बगाउँदा आवागमन बन्द

भोजपुर । इर्खुवा खोलाको बाढीले सडक क्षतिग्रस्त बनाएपछि साल्पासिलिछो गाउँपालिकामा आवागमन प्रभावित भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा बगाएको छ । गत साताको बाढीबाट पुललगायतका अन्य संरचनामा पनि क्षति भएको प्रहरीले जनाएको छ । बाढीका कारण उक्त पालिकाको वडा ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुल पनि क्षति भएको छ । बाढीले सड...
नेपाली खेलाडी सन्तोषी आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

नेपाली खेलाडी सन्तोषी आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज हुने महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये उनी प्रतिस्पर्धा गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले आफूले गरेको अभ्यासअनुसार सक्दो राम्रो गर्न प्...
इटहरीमा डेढ वर्षीया बालिकाको हत्या

इटहरीमा डेढ वर्षीया बालिकाको हत्या

सुनसरी । सुनसरीको इटहरीमा डेढ वर्षीया आइन्सु लुइँटेलको हत्या भएको छ । नातामा बालिकाको काका पर्ने इटहरी-५ पचरुखीमा बस्दै आएका शालिग्राम लुइँटेलले हिजो अपराह्‍न बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । ब्लेड प्रयोग गरी बालिकाको वीभत्स तरिकाले हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय शालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको...
सर्पले डसेर मोरङको कानेपोखरीमा एक जनाको मृत्यु

सर्पले डसेर मोरङको कानेपोखरीमा एक जनाको मृत्यु

विराटनगर । सर्पले डसेर मोरङको कानेपोखरीमा एक पुरुषको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५३ वर्षीय विजय सुन्दासको सर्पले डसेर हिजो अपराह्न मृत्यु भएको हो । प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि सिकिस्त भएका उनको उपचारको लागि इटहरीतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।
पूर्वी नाकाबाट अब बङ्गलादेश आयात-निर्यात सहज

पूर्वी नाकाबाट अब बङ्गलादेश आयात-निर्यात सहज

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै अब पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।   नाका खुलेसँगै काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ  जान थालेका छन् । यसैगरी, बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आउन थालेका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शा...
गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी गएराति भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले उनलाई पाटन अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । तिमिल्सिनाको शव आज  बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गर...
२०८१ साउन २७ गते आइतबार/आजको राशिफल

२०८१ साउन २७ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ साउन २७ गते आइतबार ई.सं.२०२४ अगस्त ११ नेपाल सम्वत् ११४४ गुंलाथ्व षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल सप्तमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शुभ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३२ बजे, सूर्यास्त साँझ ०६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्...
‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

काठमाडौँ । ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि काठमाडौंमा आज एक महिलाले पोलबाट हामफाल्ने प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् । हामफालेर आत्महत्या गर्ने प्रयास गरेकी शाहीलाई प्रहरीले तत्काल उद्धार गरेर बचाएको छ । हामफाल्नका लागि उनी पोलमा चढिसकेकी थिइन् । आफूसँग दुई वर्षदेखि लिभिङ टुगेदरमा बसेको क...
धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते

धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ नुनथलामा आज दिउँसो बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । इटहरीबाट वसन्तपुरतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको प्र १-०४-००१ प १८०७ नम्बरको मोटरसाइकल दिउँसो करिब १ बजे आपसमा जुधेका हुन् । दुर्घटनामा परी मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ का ३५ वर्षीय रविकिरण लिम्बू घाइते भएको प...
‘हावामा अल्झिएको स्वर’ लिएर आए कवि श्रेष्ठ

‘हावामा अल्झिएको स्वर’ लिएर आए कवि श्रेष्ठ

धनकुटा । मोरङको सुन्दरहरैँचाका युवा कवि सिजन श्रेष्ठको कविता संग्रह ‘हावामा अल्झिएको स्वर’ को लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कृतिको लोकार्पण गरेका थिए । सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचामा बस्दै आएका छन् । ५३ वटा कविता समावेश गरिएको सङ्ग्रहको ...
सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन

सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन

धनकुटा  । धनकुटाको सिधुवा प्रहरी चौकी निर्माण भएको तीन वर्ष बितिसक्दा पनि प्रयोग भएको छैन । चौकीसम्म पुग्ने सडक स्तरोन्नति र खानेपानी व्यवस्था नहुनु जस्ता कारणले चौकी सञ्चालनमा आउन नसकेको हो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा प्रहरी चौकी निर्माण गरिएको छ । निर्माण सम्पन्न भई २०७८ असार ६ गते उद्‌घाटन पनि भएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले चौकी भवन उद्‌घाटन गरेक...
ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भदौ १० गतेसम्म सञ्चालन हुने जनाएको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाको एकसहित प्रतिष्ठित आठवटा क्लबलाई समावेश गराइने समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगितामा सङ्घर्ष सपोर्टिङ...
२०८१ साउन २६ गते शनिबार/आजको राशिफल

२०८१ साउन २६ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ साउन २६ गते शनिबार ई.सं.२०२४ अगस्त १० नेपाल सम्वत् ११४४ गुंलाथ्व षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल षष्ठी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, साध्य योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३२ बजे, सूर्यास्त साँझ ०६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै द...
मोरङको सुन्दरहरैँचामा कारको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङको सुन्दरहरैँचामा कारको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचामा कारको ठक्करले गएराति एक जनाको मृत्यु भएको छ । सुुन्दरहरैँचा नगरपालिका–७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसामका ५५ वर्षीय हुपेनर कठेटको मृत्यु भएको हो । प्रहरीका अनुसार टाउकेसमेत शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक झापाको दमक...
सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण

सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण

धनकुटा । २५औं सामुदायिक वन दिवस धनकुटामा वृक्षरोपण गरी मनाइएको छ । आज आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वन र वनसँग आवद्ध संघ संस्थाका प्रतिनिधिले वृक्षरोपण गरेका थिए । धनकुटा नगरपालिका–३, कागतेमा रहेको सिलढुंगा सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो । यसै अवसरमा छथरजोरपाटी गाउँपालिका–१ र २ नम्बर वडाको सिमानामा पर्ने सिंहदेवी तारेभीर सामुदायिक वनमा पनि विभिन्न जातका बिरुवा तथा फलफूलका बिरुवा रोप...
धनकुटाको बक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी मेलाको रमझम

धनकुटाको बक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी मेलाको रमझम

धनकुटा । धनकुटा नगरपालिका–१, हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा नागपञ्चमी अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नागपञ्चमी तथा मन्दिरको १४औं वार्षिकोत्सव अवसरमा मन्दिर परिसरमा एक दिने मेलाको आयोजना गरिएको हो । मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । विभिन्न ठाउँबाट पूजापाठ गरी मेला भर्न आउनेको सङ्ख्या उल्लेख्य थियो । प्रत्येक वर्ष यो मन्दिरमा नागपञ्चमीको अवसरमा मे...
धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु

धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका–४ देब्रेबासको गणेशधाराका ६० वर्षीय कुमार राईको मृत्यु भएको हो । आफ्नै घरमा बिजुलीको मल्टिप्लग जोड्ने क्रममा आज साँझ करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए । करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ...
झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गर्दा एकजना पक्राउ

झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गर्दा एकजना पक्राउ

झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने प्रयास गर्दागर्दै एक व्यक्ति पक्राउ परेका हुन् । अस्पताल अगाडि पार्किङ गरिएको प्रदेश १–०१–०१४प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा हिजो साँझ इलामको पशुपतिनगरका २५ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रह...
बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील ‘किवानिज इन्टरनेसनल डिस्ट्रिक्ट नेपाल’ को छैटौं सम्मेलन आजदेखि सुनसरीको इटहरीमा हुने भएको छ । सम्मेलनमा विदेशका प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता हुने डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले जानकारी दिए । किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको क्लबकी अध्यक्ष मनि...
चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलरमा ओलीको बोली, ‘म न्याय दिन्छु’

चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलरमा ओलीको बोली, ‘म न्याय दिन्छु’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ओलीले एसिड आक्रमण घटनाका पीडितहरूलाई न्याय दिने संवाद प्रस्तुत गरेका छन् । ‘तपाईँहरूले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय’ ट्रेलरमा प्रधानमन्त्री ओली भनेका छन् । प्रधानमन्त्री ओलीसहित चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञा...
सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सङ्खुवासभा । सुनको गहना चोरीमा संलग्न रहेको साथै चोरीका गहना किनेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना मोरङको सुन्दर हरैँचाका छन् । दुईजना सङ्खुवासभाका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटासँगको समन्वयमा खाँदबारी नगरपालिका–६ पाङ्‍ठा टोल घर भएका १९ वर्षीय अनिष बिष्टलाई धनकुटाको पाख्रीबासमा पक्राउ गरेको हो । खाँदबारी–७, ...
धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मान...
आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ति भएको भन्दै उनले यसको संरक्षण गरी चिर...
error: Content is protected !!