संगालोखबर


विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘सी’ले मोरङ कारागारमा निर्माण गरेको प्रतीक्षालय हस्तान्तरण गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा प्रतीक्षालय हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवले सेवाका क्षेत्रमा लायन्सले धेरै कार्य गर्ने गरेको सुनेको बताउँदै अहिले आफूले प्रत्यक्ष देखेको बताए । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको एक हजार सात सय डलर र ३२५ सि‘को’ समेत तीन लाख रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण भएको जनाइएको छ ।

Advertisement

लायन्सको अन्तर्राष्ट्रिय प्रोजेक्ट अन्तर्गत प्रतीक्षालय निर्माण गरिएको डिस्ट्रिक्ट गभर्नर लायन विकास अधिकारीले बताए । कारागारमा आफन्त भेट्न आउँदा बस्ने स्थानको अभाव देखेर प्रतीक्षालय बनाइएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!