संगालोखबर

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तरगत पाँच किलोमिटर पुरुष तथा महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ खोटाङकी दिपा बस्नेत प्रथम भएका छन् ।

Advertisement

लिम्बूले १५ मिनेट ४४ सेकेन्डमा पाँच किलोमिटर पूरा गरेका थिए । पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भए ।

महिलातर्फ बस्नेतले १९ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । २० मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बू दोस्रो हुँदा २० मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै संखुवासभाकी सुनकला राई तेस्रो भइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!