विराटनगर । विराटनगर-११ जनपथ टोलमा रहेको गोल्डेन अस्पतालले आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ । आज अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
सञ्चालक समितिका अध्यक्ष आरती रौनियार, सञ्चालक डा. श्याम रौनियार र सनातन मण्डलले केक काटेर वार्षिकोत्सवको खुसी साटासाट गरेका थिए । अस्पताल चोक स्थित भाडाको भवनबाट सेवासुचारु गरेको गोल्डेनले अहिले आफ्नै भवनबाट सय शय्याको सेवा प्रवाह गरिरहेको छ ।
गोल्डेन अस्पतालमा करिब ४० प्रतिशत बिरामी भारतको विहार, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट आउने गरेका अस्पतालले जनाएको छ ।
अस्पतालका सञ्चालक डा. श्याम रौनियारले सुविधा सम्पन्न भवनबाट दक्ष तथा विशेषज्ञ डाक्टर मार्फत सबै प्रकारका रोगको उत्कृष्ट उपचार सेवा प्रवाह भइरहेको जानकारी दिए ।