
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा रहेको जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले राष्ट्रपति रनिङ शिल्डमा विजेता भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
छैटौं संस्करणको ग्रामथान गाउँपालिका अन्तर विद्यालययस्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरूलाई आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
फागुन ७ गतेदेखि दुई दिनसम्म ग्रामथान-६ स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको स्पर्धामा जनक मेमोरियल स्कुलले चारवटा विधामा स्वर्ण पदक जितेको थियो ।
जनकले पुरुषतर्फको कबड्डीमा गोल्ड मेडल र पुरुषतर्फकै आठ सय मिटर दौडमा स्वर्ण पदक हात पारेको थियो । पुरुषकै लङ जम्पमा स्वर्ण जितेको जनकले १५ सय मिटर दौडमा छात्रातर्फ पनि गोल्ड मेडल जितेको थियो ।
स्कुलले पुरुष कबड्डी खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र अरू स्वर्ण पदक विजेता खेलाडीलाई एक/एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

संगालोखबर 













