संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बुधबार एक हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा मङ्गलबार एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

सोमबार एक लाख ६८ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!