
विराटनगर । आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुन लागेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ ।
खेल तालिका अनुसार उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र पाहुना टोली भारत कोलकाताको साउथर्न समिति फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो खेलमा फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारतबीच खेल हुनेछ ।
फागुन २१ गते पहिलो क्वार्टरफाइनल खेल हुने भएको छ । पहिलो क्वार्टरफाइनल खेल आयोजक रिजालको मोरङ ११ ले उद्घाटन खेलको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २२ गते दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको विजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । फागुन २३ गते मच्छिन्द्र र थ्रीस्टार बीच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाडौं र एन आरटी क्लब काठमाडौंबीच हुनेछ ।
फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ । प्रतियोगितामा विदेशी दुई टिमसहित स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको छ ।

संगालोखबर 













