२०८१ भदौ २७ गते बिहीबार/आजको राशिफल

२०८१ भदौ २७ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २७ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १२ नेपाल सम्वत् ११४४ ञंलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, आयुष्मान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा...
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन, के भयो सहमति ?

विराटनगर । प्रदेश सरकारसमक्ष विभिन्न माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज राती अनसन तोडेका छन् । अनशनरत पक्ष र सरकारका प्रतिनिधिबीच सहमति जुटेपछि कार्कीले नवजात शिशुको हातबाट जुस पिएर राती करिब ९ः३० बजे अनशन तोडेका हुन् । कार्कीलाई जुस खुवाउन विराटनगर-६ की निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरलाई देवकोटा चोकस्थित अनशनस्थल ल्याइएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा का...
विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगर । अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा विराटनगरमा आज साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले विराटनगरको हस्पिटल चोकमा जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले प्रदेश सरकार र प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ...
सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा समर्थन जनाएका छन् । अनशनरत स्थलमा पुगेका राईले कार्कीले उठाएका मागहरू जायज भएका कारण आन्दोलनमा पार्टीले समर्थन गरेको बताए । सरकारले अहिले नै माग पूरा गर्न सक्दैन भने पनि वार्तामा आएर समाधान खोज्नतर्फ लाग्नुपर्ने उनले बताए । ‘अनशन भनेको आन्दोलनको सबैभन...
दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा पुगेका छन् । पार्टीका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री समेत रहेका थापाले अनशन स्थलमा पुगेर अवस्था बुझेका हुन् । अनशनरत कार्कीले सरकारले आफूले राखेका माग सम्बोधन गरेमात्र अनशन छाड्ने थापालाई जानकारी गराएका छन् । कार्कीले भने, ‘रहरले अनशन बसेको हैन । मेरो लागि पनि हैन । जनताका...
मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ नयाँ टोलमा करेन्ट लागेर पतिपत्नीको मृत्यु भएको छ । आज बिहान विद्युतीय मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । भारत भागलपुर घर भएर बुढीगंगा-५ मा बस्दै आएका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । उनीहरूले बुढीगंगा-५ मा देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको मोर...
धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका-४ खोकुबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति दुई सय ८७ किलो गाँजासहित २५ वर्षीय मेखराज राईलाई नियन्त्रणमा लिएको हो । राईले चलाएको को १ च ९२९० नम्बरको पिकअप चेकजाँचका क्रममा २५ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पिकअप र चालक सहिदभूमि-४ का राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेक...
माग पुरा नभएसम्म पूर्वमुख्यमन्त्री कार्कीको अनशन जारी रहने

माग पुरा नभएसम्म पूर्वमुख्यमन्त्री कार्कीको अनशन जारी रहने

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन जारी राखेका छन् । विभिन्न ९ बुँदे मागसहित हिजो दिउँसो ४ बजेबाट अनशन सुरु गरेका कार्कीले दोस्रो दिन पनि अनशन जारी राखेका हुन् । कार्कीले अनशन सुरु गर्नुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। कार्की निषेधित क्षेत्रमा अनशन बसेपछि बल प्रयोग गरेर प्रहरीले हटाएको...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड 

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड 

विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा एक हजार बढेर सुन तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको थियो । यसअघि गत शुक्रबार तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा एक हजार ७६५ रुपैयाँ क...
२०८१ भदौ २६ गते बुधबार/आजको राशिफल

२०८१ भदौ २६ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २६ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर ११ नेपाल सम्वत् ११४४ ञंलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ ...
प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

विराटनगर । प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको भएपनि कार्की फेरि अनशन बस्न देवकोटा चोक आइपुगेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाई पूर्वमुख्यमन्त्री कार्कीलाई उनको घर पुर्‍याएर छोडेको थियो । घर पुर्याए लगत्तै कार्की पुनः फर्किएर देवकोटा चोक आई अनशन बसेका छन् । उनीसहित केही नेता कार्यकर्ता अह...
अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटायो 

अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटायो 

विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । कार्कीसहितका एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले अनशनस्थलबाट हटाएको हो । सो क्रममा अनशनरत पक्ष र प्रहरीबीच केही समय घम्साघम्सी भएको छ । आन्दोलनरत पक्षले प्रदर्शन गरिरहेकाले सो क्षेत्र अहिले तनावपूर्ण बनेको छ ।
अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई हटाउन प्रहरीद्वारा बल प्रयोग, स्थिति तनावपूर्ण

अनशनरत पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई हटाउन प्रहरीद्वारा बल प्रयोग, स्थिति तनावपूर्ण

विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको छ । प्रशासनले निषेधित क्षेत्र तोकेकाले अनशनरत टोलीलाई त्यहाँबाट हटाउन प्रहरीले बल प्रयोग गरेको हो । अनशनमा बसेका काँग्रेस नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच घम्साघम्सीको स्थिति सृजना भएको छ । अनशनस्थलबाट प्रहरीले विराटनगर महानग...
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कोशी प्रदेशसभा नजिकै प्रशासनले निषेध गरेको क्षेत्रभन्दा बाहिर कार्की अनशनमा बसेका छन् ।  मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ९ वटा मागसहित ४८ घण्टे अल्टिमेटम दिएपनि सुनुवाइ नभएपछि कार्कीले अनशन सुरु गरेका हुन् । आफ्नो पालामा सुरु गरिएका महत्वपूर्ण कार्यक्रमलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको स...
कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र

कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनशन बस्नेसहित पाँच स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सूचना जारी गर्दै आज दिउँसो तीन बजेबाट पाँच स्थानलाई निषेधित क्षेत्र तोकिएको जनाएका छन् । प्रदेशसभा आसपास देवकोटा चोक देखि कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपास, मुख्यमन्त्री निवास...
२२ वर्षपछि कुशको शब बनाएर दाहसंस्कार, ८३ वर्षीय बुबाले गरे काजकिरिया

२२ वर्षपछि कुशको शब बनाएर दाहसंस्कार, ८३ वर्षीय बुबाले गरे काजकिरिया

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-५ का ८३ वर्षीय जनकलाल खतिवडा छोरीको काजकिरियामा बसेका छन् । सशस्त्र युद्धमा बेपत्ता छोरी लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएपछि जनकलाल काजकिरियामा बसेका हुन् । उनले छोरीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता बनाएको ...
खोटाङका देवराज खत्रीसहित दुई जना विमानस्थलबाट पक्राउ

खोटाङका देवराज खत्रीसहित दुई जना विमानस्थलबाट पक्राउ

विराटनगर । खोटाङ घर भएका ३० वर्षीय देवराज खत्रीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्युठानको सरुमारानी गाउँपालिका-१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । खत्री २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित पक्राउ परेका हुन् । अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ...
सप्तकोसी नदीबाट २४८ किलो गाँजा बरामद

सप्तकोसी नदीबाट २४८ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोसी नदीबाट प्रहरीले दुई सय ४८ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बिहानको राति गाँजा बरामद गरेको हो । नदीमा तीन वटा ट्युबमा बग्दै गरेको अवस्थामा प्रहरीले आठ बोरा गाँजा फेला पारेको थियो । बरामद भएको गाँजाका सम्बन्धमा थप अनुसन्धान सुरु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ...
धनकुटामा मनाइयो आत्महत्या रोकथाम दिवस

धनकुटामा मनाइयो आत्महत्या रोकथाम दिवस

धनकुटा । धनकुटामा आत्महत्या रोकथाम दिवस मनाइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । परिचय मोडबाट निकालिएको र्‍याली सामुदायिक भवनमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको थियो । आत्महत्याका कारण विभिन्न रहेकाले यसको रोकथामका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने जिल्ला प्रहरी कार्यालय धनकु...
अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण 

अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरेको छ । सहिदभूमि गाउँपालिका-१ स्थित धाप स्वास्थ्य चौकीमा सोमबार आयोजित एकीकृत घुम्ती शिविरमा अपाङ्गता भएका २० जनालाई परिचय पत्र वितरण गरिएको हो । शिविरमा ४ जना महिला र १६ जना पुरुषलाई स्वास्थ्य परीक्षणसँगै परिचय पत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिए । उनीहरूलाई गाउँपा...
विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना घाइते 

विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना घाइते 

विराटनगर । विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन् । सोमबार साँझ विराटनगर-१३ कोशी प्रोजेक्टमा प्र १-०२-००४ ह ३२८९ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा सिराहा विष्णुपुर गाउँपालिका-१ बस्ने २७ वर्षीय मनोज यादव र १८ वर्षीया मनिषा यादव यादव सामान्य घाइते भएका छन् । उनीहरूको हातमा चोट लागेको प्रहरीले जनाएको छ । यसैगरी विराटनगर-८ बस्ने २७...
२०८१ भदौ २५ गते मङ्गलबार/आजको राशिफल

२०८१ भदौ २५ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २५ गते मङ्गलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल सप्तमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, विषकुम्भ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ०५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड ख...
राप्रपा मोरङद्वारा ८० वर्षमाथिका ज्येष्ठ सदस्यलाई सम्मान 

राप्रपा मोरङद्वारा ८० वर्षमाथिका ज्येष्ठ सदस्यलाई सम्मान 

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले पार्टीका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको उपस्थितिमा ८० वर्षमाथिका १७५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको हो । सोही क्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका दुई सय जनालाई लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले समाजमा सामाजिक सदभाव कायम ...
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘मर्न तयार छु, तर अनशन छाडेर भाग्दिनँ’

कोशीका पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘मर्न तयार छु, तर अनशन छाडेर भाग्दिनँ’

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले भोलि दिउँसो ४ बजेबाट अनशनमा बस्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै कार्कीले प्रदेशसभा अगाडि आमरण अनशन बस्ने बताएका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरण पत्र पठाउँदै कार्कीले ४८ घण्टाभित्रमा माग सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘भोलि मुख्यमन्त्रीलाई दिएको समय सकिन्छ । ...
उदयपुरबाट पाँच जना फरार प्रतिवादी पक्राउ

उदयपुरबाट पाँच जना फरार प्रतिवादी पक्राउ

उदयपुर । उदयपुरबाट पाँच जना फरार प्रतिवादी पक्राउ परेका छ । जिल्ला अदालतको फैसलापछि फरार रहेका त्रियुगा नगरपालिका-१० का ५० वर्षीय खुम्बराज खत्रीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । खत्रीविरुद्ध दुईवटा गाली वेइज्यति मुद्दामा अदालतले १० हजार एक सय जरिवाना तोकेको छ । यसैगरी वडा नम्बर-६ का ४५ वर्षीय सुकदेव चौधरी, ४० वर्षीया प्रभादेवी चौधरी पक्राउ परेका छन् । उनीहरूविरुद्ध कुटपिट तथा लुटपाटमा ज...
विद्यालय नाटक महोत्सवको तेस्रो दिन ‘छिमेकी’ मञ्चन

विद्यालय नाटक महोत्सवको तेस्रो दिन ‘छिमेकी’ मञ्चन

विराटनगर । विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा जारी चौथो संस्करणको विद्यालय नाटक महोत्सवमा ‘छिमेकी’ नामक नाटक मञ्चन भएको छ । दिल्ली पब्लिक स्कुलका विद्यार्थीद्वारा अभिनीत ‘छिमेकी’ नामक नाटक आज मञ्चन भएको हो । गुरुप्रसाद मैनालीको कथामा आधारित उक्त नाटकलाई मयुरेस बर्माले निर्देशन गरेकी हुन् । नाटकको सहजिकरण लकेश दंगाले गरेका थिए । नाटकमा दिल्ली पब्लिकका विद्यार्थी शौम्या साह, मुकुल अग्रवाल, आ...
झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आइतबार साँझ झापा गाउँपालिका-४ ग्रामथानबाट शिवसताक्षी नगरपालिका-३ का २१ बर्षीय थरेन्द्र गुरुङ २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र १-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित गुरुङलाई पक्राउ गरेको हो । यस्तै दमक नगरपालिका-४ का ...
अखिल क्रान्तिकारी मोरङ अध्यक्षमा राई निर्वाचित  

अखिल क्रान्तिकारी मोरङ अध्यक्षमा राई निर्वाचित  

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् । १६ औं जिल्ला सम्मेलनमा निकटतम प्रतिस्पर्धी शशि यादवलाई २८ मतले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । राईले ८१ मत प्राप्त गर्दा यादवले ५३ मत मात्रै पाएका थिए । यस्तै उपाध्यक्षमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् । सचिवमा सतिश कार्की सर्वसम्मत चयन हुँदा उपाध्यक्...
मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीलाई छालासम्बन्धी रोग देखिन थालेको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण गर्मीको समयमा छालासम्बन्धी रोगले सताउने गरेको हो । तीन सय क्षमता रहेको कारागारमा अहिले एक हजार ६० जना कैदीबन्दी छन् । ५० जना क्षमता रहेको महिला विभागमा एक सय एक जना कैदीबन्दी छन् । जसमध्ये ४ नाबालक, ९७ जना महिला छन् । दुई सय ५० क्षमता रहेको पुरुष विभागमा नौ सय ५९ जना कैदीबन्दी...
कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा एक हजार ६५ जनामा डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ । झापामा साउनयता सङ्क्रमितको सङ्ख्या एक हजार २८ पुगेको छ । कोशीका १४ जिल्ला मध्ये मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या बढी छ ।  मोरङमा हालसम्म  पाँच सय ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मोरङ पछि झापा, धनकुटा र सुनसरीमा डेंगुको सङ्क्रमण धेरै छ । स्वास्थ्य निर्देशनालय धनकुटाका फो...
२०८१ भदौ २४ गते सोमबार/आजको राशिफल

२०८१ भदौ २४ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २४ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ०९ नेपाल सम्वत् ११४४ ञंलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल षष्ठी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
error: Content is protected !!