सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा अवस्थित टक्सार बजारको आफ्नो छुट्टै इतिहास छ । टक्सारमा कुनै समय टक (डोली पैसा) छापिन्थ्यो । त्यही ऐतिहासिक टक्सार बजार आजभोलि सुनसान छ ।

आवश्यक सेवा सुविधा र अवसरको खोजीमा बसाइँ सर्नेको संख्या बढ्दै जाँदा टक्सार बजार सुनसान भएको हो । बसाइँसराइ बढ्दै जाँदा यहाँका धातु उद्योगसमेत धमाधम बन्द हुँदै गएका छन् । त्यतिमात्रै नभएर टक्सारका अधिकांश पुरातात्विक तथा कलात्मक शैलीका घरहरू समेत जीर्ण बन्दै गएका छन् ।

Advertisement

यहाँ पुराना कलात्मक घर, मठमन्दिर, पाटी पौवा र धाराहरू छन् । टक्सारमा करिब दुई सय वर्ष अघिदेखि धातुका सामाग्री बनाउँदै आएको इतिहास पाइन्छ । स्थानीय विमल शाक्यका अनुसार कुनै समय २५ भन्दा बढी धातु उद्योग थिए । तर २०७५ साल यता ३/४ वटा मात्रै धातु उद्योग संचालनमा रहेका उनले बताए ।

बसाइँसराइसँगै नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा धेरैजसो धातु उद्योग बन्द भएका स्थानीय उद्यमी बताउँछन् । अहिले संचालनमा रहेका धातु उद्योग पनि भविष्यमा बन्द हुने सम्भावना देखिएको उनीहरूको भनाइ छ ।

टक्सार कलात्मक शैलीका धातुका करुवा, आम्खोरा, कचौरा, कप, डाडु-पन्युउ, थाल, डबका, गाग्रा र खड्कुँला लगायतका सामाग्रीले पनि चर्चित छ । जसले गर्दा कुनै सयम यहाँको व्यपार-व्यवसाय पनि चलायमान थियो ।

भोजपुर विमानस्थल पनि टक्सारमा छ । यहाँबाट नेपाल वायुसेवा निगमले हप्तामा दुई दिन भोजपुर-काठमाडौं उडान गर्दै आएको छ । हप्तामा चार उडान भनिएपनि मौसमका कारण हप्तामा दुई वटा मात्रै उडान हुन्छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!