विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । विराटन...
२०८१ भदौ ३१ गते सोमबार/आजको राशिफल

२०८१ भदौ ३१ गते सोमबार/आजको राशिफल

बि.सं. २०८१ भदौ ३१ गते सोमबार ई.सं. २०२४ सेप्टेम्बर १६ नेपाल सम्बत ११४४ ञंलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल त्रयोदशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ५ः६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनाम...
विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...
प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूल...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ कायम भए...
धनकुटाका भण्डारीले खाए विष

धनकुटाका भण्डारीले खाए विष

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-४ का ६० वर्षीय खेम बहादुर भण्डारीले विषादी सेवन गरेका छन् । उनले आज बिहान मेटासिट नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘भण्डारी बिहान घरबाट निस्केका रहेछन् । पछि घरमा आएर मैले मेटासिट खाँए भनेपछि परिवारले थाहा पाएछन् ।’ भण्डारीलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् थप उपच...
निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

धनकुटा । धनकुटामा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २८ जना बालबालिका लाभान्वित भएका छन् । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेजको सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा बालबालिका सम्बन्धी सबै प्रकारका रोगहरूको निःशुल्क जाँच तथा औषधि वितरण गरिएको थियो । सोही अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना समेत दिइएको थियो । बालबालिकाहरूको स...
धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ का ३० वर्षीय विजय दर्जीले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा दर्जीले २५ वर्षीया सरिता दर्जीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजेको समयमा विजयले पत्नीमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरसँग भने, ‘पत्नी ग...
ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ग्रामथान-४ कटहरास्थित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१ हजार पाँच सय रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।माझीसहित सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर...
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विराटनगर । ताप्लेजुङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
२०८१ भदौ ३० गते आइतबार/आजको राशिफल

२०८१ भदौ ३० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ३० गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर १५ नेपाल सम्वत् ११४४ ञंलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल द्वादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, अतिगंड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात...
धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन ...
२०८१ भदौ २९ गते शनिबार/आजको राशिफल

२०८१ भदौ २९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २९ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर १४ नेपाल सम्वत् ११४४ ञंलाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल एकादशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शोभन योग, शोभन करण । आज नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दि...
विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

धनकुटा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । ६० औं बालदिवसको अवसरमा भाषा माध्यमिक विद्यालय धनकुटा इकाईले आज कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । नर्सरी र केजीका बालबालिकालाई तातो आलु प्रतियोगिता गराइएको परिषद्का प्रदेश सचिव जितेन लोहारले जानकारी दिए ।  तातो आलु प्रतियोगितामा सुबेक्षा तामाङ प्रथम, युबन् लिम्बू द्वितीय र रि...
दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

धनकुटा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले दश वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । आज सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्न धनकुटा आएकी राईले यस्तो बताएकी हुन् । मातहतका जिल्ला अस्पतालहरूमा निःशुल्क उपचारको कार्यक्रममा बजेट समेत विनियोजन गर्ने उनले उद्घोष गरिन् । राज्यमन्त्री राईल...
विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो । विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो । यसैगरी बालबालिकालाई सक्ष...
तोलामा तीन हजार बढेको सुनको मूल्यमा पुनः नयाँ रेर्कड, कति पुग्यो ?

तोलामा तीन हजार बढेको सुनको मूल्यमा पुनः नयाँ रेर्कड, कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएको छ । तोलामा तीन हजार बढेको सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले ...
रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो । आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् । सोही क्रममा जिन्सी...
इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ । उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् । ‘खाली नोट कहाँबाट आयो भन्न...
कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशमा काङ्ग्रेसबाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारमा सहभागी मन्त्रीहरूलाई सपथ खुवाएका हुन् । काङ्ग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सदानन्द मण्ड...
२०८१ भदौ २८ गते शुक्रबार/आजको राशिफल

२०८१ भदौ २८ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २८ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर १३ नेपाल सम्वत् ११४४ ञंलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...
दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्ने बताएका छन् । नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले यस्तो बताएका हुन् । उनले यसको लागि तयारी थाल्ने उल्लेख गरे । एमाले मोरङले ६ बुँदे ध्यानाकर्षण पत्र मेयर कोइरालालाई बुझाएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना भइसक्दा पनि महानगरले विकास निर्माणका सवालमा अपेक्षित काम गर्न नसकेक...
प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको प्रति चौतर्फी आलोचना 

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको प्रति चौतर्फी आलोचना 

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ । प्रेस चौतारी र पत्रकार महासङ्घले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्था हुँदाहुँदै धरपकड गर्न खोज्नु गलत भएको उल्लेख गरेका छन् । जनता टाइम्स अनलाइनका सञ्चालक समेत रहेका बस्नेतलाई काठमाडौंको बा...
जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई 

जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई 

धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले सामान्य काममा पनि दुःख पाइरहेका छन्’, पूर्वमन्त्री राईले भने, ‘हामीलाई जनताले जिताएर पठाएका हुन् ।...
इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम । इलाम नगरपालिका-९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु भएको छ । गत जेठबाट रोकिएको उडान यात्रु पाएसँगै आज बिहानबाट सुरु भएको हो । नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इन्चार्ज दिनेश सुन्दासका अनुसार तत्कालका लागि हप्तामा एक दिन इलाम काठमाडौं उडान हुनेछ । नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान भर्नेछ । आइतबार र बिहीबार उडान हुँदै आएकोमा अब केही समय भने बिहीबार मात्र उडा...
धनकुटाबाट एक वर्षमा ३६ अर्बको तरकारी तथा फलफूल निर्यात 

धनकुटाबाट एक वर्षमा ३६ अर्बको तरकारी तथा फलफूल निर्यात 

धनकुटा । धनकुटाबाट एक वर्षमा ३६ अर्ब बढीको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३६ अर्ब ३५ करोड ६३ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको हो । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ५४ करोड ६४ लाख ४९ हजार रुपैयाँ बराबरको ६ हजार ५ सय ७६ दशमलव ६७ मेट्रिक टन नगदे बाली निर्...
आजबाट ‘कृषि एक्स्पो’ सुरु

आजबाट ‘कृषि एक्स्पो’ सुरु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका हुन् । एक्स्पोमा कृषि तथा पशुपन्छीसम्बन्धी सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानका उत्पादनसहितको एक सय ३० वटा स...
कति घट्यो सुनको मूल्य ?

कति घट्यो सुनको मूल्य ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । हिँजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक सय घटेर आज सुनको मूल्य एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । हिँजो एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।
झापामा पूजाको प्रसाद खाँदा बिरामी परेका ५९ जनामध्ये ५२ जना डिस्चार्ज

झापामा पूजाको प्रसाद खाँदा बिरामी परेका ५९ जनामध्ये ५२ जना डिस्चार्ज

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-९ मा पूजाको प्रसाद खाँदा बिरामी परेका मध्ये ५२ जना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय रीता निरौलाको घरमा पूजाको प्रसाद खाँदा ५९ जना बिरामी परेका थिए । जसमध्ये ५२ जनाको डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले संगालोखबरलाई जानकारी दिएको छ । अन्य सात जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । वडा नम्बर ९ का वडाध्यक्...
धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ : मन्त्री खड्का

धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ : मन्त्री खड्का

धनकुटा । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका खड्काले आगामी निर्वाचनमा सातवटै पालिका जित्नेगरी तयारी थाल्नुपर्ने बताएका हुन् । उनले यसमा आफूले पनि सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै खड्काले अहिलेको गठबन्धन आगामी निर्वाचन सम्म टिक्ने दाबी समेत गरे । ...
कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आफ्नै भवनबाट सेवा विस्तार गरेको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले उद्‌घाटन गरेसँगै बोर्डले आफ्नै भवनबाट सेवा बिस्तार गरेको हो । मन्त्री राईले बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए । राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नया...
error: Content is protected !!