संगालोखबर


विराटनगर । खोटाङको बराहपोखरी गाउँपालिका-१ डाँडाखर्कमा एक विवाहित महिला र एक पुरुष जङ्गलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार अन्दाजी २० वर्षीया सरिता विष्ट र अन्दाजी २० वर्षीय शिखर बस्नेत मृत फेला परेका हुन् ।

गाउँ नजिकै रहेको दारेगौडा जङ्गलमा आज बिहान करिब ६ बजे स्थानीयले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘सरिताको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ’, पोखरेलले संगालोखबरसँग भने, ‘सोही स्थानदेखि एक सय मिटर उत्तरमा ढाल्ने कटुसको रुखमा झुण्डिएको अवस्थामा शिखरको शव भेटिएको छ ।’

Advertisement

जिल्ला प्रहरी कार्यालय खोटाङबाट डीएसपी प्रतीक बिष्टसहितको टोली घटनास्थलतर्फ जाँदै छ । घटनास्थलमा पुगेपछि थप कुरा खुल्ने प्रवक्ता पोखरेलले बताए । मृत भेटिएकी महिलाको दुई वर्षकी छोरी समेत रहेको बताइएको छ । स्थानीयका अनुसार दुबै जना घाँस काट्न जङ्गल गएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!