विराटनगरमा महिनाको दुईपटक स्त्रीरोग परीक्षण शिविर हुने
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले महिला तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम बिहिवार महिला तथा स्त्रीरोग स्वास्थ्य शिविर गरिने भएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
शिविरमा विशेषज्ञबाट सेवा प्रदान हुने उनले बताए । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुईपटक का...































