संगालोखबर


विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी भएको छ । अहिले केहीबेर अघि सुरु भएको आगलागी निभाउने प्रयास भइरहेको छ ।

लिखुपिके-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घर भाडामा लिएर गाउँपालिकाले प्राविधिक र स्टोर शाखा सञ्चालन गरेको थियो । ढुंगा माटो प्रयोग गरेर र टिनको छानो लगाएर बनाइएको दुई तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीको कारण खुल्न बाँकी भएपनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयको सहयोगमा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!