
विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन प्रक्रिया पूर्व निर्धारित समयभन्दा ढिलो सुरु भएको छ । आज बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भनिएपनि त्यसको करिब चार घण्टापछि मात्रै नामावली प्रकाशन गरिएको हो ।
निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा नौ सय ११ जना प्रतिनिधि कायम गरिएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी बनाइएको छ । निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।

संगालोखबर 













