संगालोखबर


विराटनगर । दलित समुदायका महिलाहरूको अवस्था क्रमिक सुधार हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । दलित महिला संघ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विगतको तुलनामा पछिल्लो समय दलित महिलाहरूको अवस्था सुधार हुँदै गएको बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले दलित महिलाहरूको अवस्था क्रमिक सुधार हुँदै गएपनि पर्याप्त नभएको बताएका छन् । विपन्न दलित समुदायभित्रका महिलाहरूको सहभागिता सुनिश्चित कसरी गर्न सकिन्छ, त्यसतर्फ थप ध्यान दिन आवश्यक रहेको उनीहरूले बताएका छन् । उनीहरूले दलित-दलितबीचको विभेद हटाउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement

विराटनगर-६ की रेखा कुमारी पासवानले दलित महिलाहरू विस्तारै अगाडि बढ्न थालेको बताइन् । ‘केही वर्षअघिसम्म घरबाट निक्लन समेत समस्या थियो । घरबाट बाहिर जान नै समस्या हुन्थ्यो’, उनले भनिन्, ‘आज विस्तारै त्यो अवस्था हट्दै छ । पुरै हटेको अवस्था भने छैन । यसमा थप काम गर्न आवश्यक छ ।’ उनले दलित महिला सङ्घले गरेका गतिविधिका कारण अहिलेको अवस्था आएको बताउँदै अझै यसलाई बढाउँदै लानुपर्नेमा जोड दिइन् ।

विकासमा दलित महिलाको मूलप्रवाहिकरणका लागि दलित महिला सशक्तिकरण समावेशीकरणको सवालमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको सङ्घकी प्रदेश अध्यक्ष पाण्डु परियारले जानकारी दिइन् । उनले आजको कार्यक्रम फलदायी भएको र सङ्घले दलित महिलाको हकअधिकारका लागि निरन्तर काम गर्ने बताइन् ।

कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गा बरालले गरेकी थिइन् । कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेशसभा सदस्य, जनप्रतिनिधि, दलित सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!