संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका-९ स्थित सालघारीमा आइतबार राति आफैँ अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार प्युठान सोमद्धार नगरपालिका-१ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको  मोटरसाइकल दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक धर्मदेवी नगरपालिका-६ हुम्जुङका २५ वर्षीय आकाश जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!