विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलकाे पहिलाे हापमा आयाेजक रिजालकाे माेरङ एफसी र भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकाताबीच दुई/दुई गाेलकाे बराबरी भएकाे छ ।
सहिद रंगशालामा जारी खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । लगत्तै १३ औं मिनेटमा काेलकत्ताका लागि सुदिप्त हाल्डेनले गाेल गर्दै खेल बराबरीमा ल्याए ।
३८ औं मिनेटमा काेलकाताका अनिमेसले एक गाेल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै आयाेजक माेरङका दाेर्जे तामाङले ४६ औं मिनेटमा पेनाल्टी सुटआउटमा गाेल गर्दै खेल बराबरीमा ल्याए ।