
विराटनगर । पाँचथरमा विद्यार्थी घर पुर्याएर फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
हिलिहाङ गाउँपालिका-१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्याएर फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा हिलिहाङ-१ का ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा हिलिहाङ-१ का २६ वर्षीय बिनोद तामाङ र २० वर्षीय मनिष लिङ्देन घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये तामाङलाई थप उपचारका लागि बिर्तामोड स्थित विएण्डसी अस्पताल ल्याइएको छ । लिङ्देनको जिल्ला अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।