संगालोखबर
फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । फागुन ११ गते बिहान पाँच बजेबाट जारी गरिएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटाइएको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

ताप्लेजुङमा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच पटकपटक झडप भएपछि लगाइएको निषेधाज्ञा अवस्था समान्य बन्दै गएपछि हटाइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!