विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ ।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव नभएपछि आज मतदान हुन लागेको हो । शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी भएपनि विवाद बढेपछि अधिवेशन लम्बिएको हो ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
एमाले मोरङको कार्यसमिति एक सय ६५ सदस्यीय हुने छ । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् । नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिले मतदान गर्ने छन् ।