विराटनगर । महाशिवरात्रिको अवसरमा विराटनगरका शिवालयहरूमा बिहानै देखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । विराटनगरका बासुकीनाथ, विराटेश्वर मन्दिर, मनोकामेश्वर, भोलेश्वर बाबा मन्दिर र वनसखण्डि महादेवलगायतका मन्दिरमा आज बिहानै देखि भक्तजनहरूको घुइँचो लागेको छ ।
बिहानै देखि भक्तजनहरू लाइनमा बसेर पूजाआजा गर्ने पालो पर्खिरहेका छन् । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व मध्ये महाशिवरात्रि पनि पर्दछ ।
तस्बिर : मोहन ढकाल/संगालोखबर