तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-२ हाङसुरुङमा अवस्थित मझौ गुफा ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेका भएपनि प्रचार-प्रसारको अभावमा गुफा ओझेलमा परेको हो ।
गुफा जाने स्थानमा खेलमैदान छ । खेलमैदानबाट गुफा जानका लागि सिँढी पनि निर्माण गरिएको छ । तर यसको प्रचार हुन नसक्दा ओझेलमा नै परेको छ ।
गुफाको प्रचार गर्न स्थानीयले प्रत्येक वर्ष स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम गर्दै...































