धरानमा खानेपानी महसुल वृद्धिविरूद्ध प्रदर्शन
सुनसरी । धरान खानेपानी व्यवस्थापन बोर्डले अत्यधिक रुपमा महसुल र अन्य शुल्क वृद्धि गरेको भन्दै आज सर्वदलीय संघर्ष समितिले धरानमा विरोध प्रदर्शन गरेको छ ।
खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गर्दै आएका थिए । निर्धारित कार्यक्रमअनुसार उनीहरुले आज धरान नगरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणको वृहत् सहभागिता थियो ।
धरानमा ...





























