प्रहरीले निवेदन नलिएको भन्दै कुटपिटबाट घाइते मजदुरद्वारा न्यायको अपिल

प्रहरीले निवेदन नलिएको भन्दै कुटपिटबाट घाइते मजदुरद्वारा न्यायको अपिल

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६, रामचोकका ४० वर्षीय जोगीकुमार महतोले न्यायको अपिल गरेका छन् । उनले आफूमाथि धारिलो हतियार प्रहार भएको र प्रहरी प्रशासनले उजुरी लिन नमानेको भन्दै विराटनगरमा पत्रकार सम्मेलन गरेर न्यायको अपिल गरेका हुन् । ‘म मजदुरीको काम गर्ने मान्छे हुँ । चैत १७ गते काम सकेर म र मेरो साथी लक्षु महतो घर जाँदैथियौं’, उनले भने, ‘राति सवा ८ बजेतिर कटहरीको नयाँ बजार पुगेका थियौं...
एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र

एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले ९ वटा समिति गठन गर्दै अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले वैशाख २ र ३ गते हुने अधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया तय गरेको छ । चैत्र २८ गते भूगोलका प्रतिनिधिहरू चयन गरिने र चैत्र २९ गते जनसङ्गठनहरूको प्रतिनिधि चयन गरिने महानगरका सचिव बलराम गिरीले ज...
भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

विराटनगर । धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । आजको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब, झापा र नमोबुद्ध युथ फुटबल क्लब, सप्तरी आमनेसामने हुनेछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ः३० बजेबाट खेल सुरु हुनेछ । तेस्रो क्वार्टरफाइनलमा काठमाडौंको चित्लाङ्ग फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै बिर्त...
सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ मा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय मनोज कुमार चौधरी, इटहरी-६ का २३ वर्षीय सनम तामाङ, इटहरी-२ का २७ वर्षीय...
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लोगो र मस्कट सार्वजनिक

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लोगो र मस्कट सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले औपचारिक रूपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । पर्यटन वर्षका लागि ‘रमणीय कोशी’ र ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ । पर्यटन वर्षको औपचारिक उद्‌घाटन चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रमा ह...
भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

धनकुटा । धनकुटामा जारी १७ औँ संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लाग्न थालेको छ । चैत १७ गतेदेखि सुरु भएको प्रतियोगिता प्रति फुटबलप्रेमीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । आज भएको सशस्त्र प्रहरी बल (एपीएफ) र बेलबारी फुटबल क्लब, मोरङबीचको प्रतिस्पर्धात्मक खेल हेर्न तल्लो टुँडिखेलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । खेलको रोमाञ्चक माहोलले दर्शकलाई अझै उत...
सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा लापसे पोजेटिभ

सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा लापसे पोजेटिभ

विराटनगर । मोरङको बेलबारीमा सवारी चालकको स्वास्थ्य परिक्षण गर्दा ११ जनाले लागूपदार्थ सेवन गरेको पाइएको छ । ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा भएको स्वास्थ्य परीक्षणका क्रममा चालकहरूले लापसे गरेर सवारी चलाएको पाइएको हो । लापसे गरेर सवारी चलाउने चालकलाई नियन्त्रणमा लिइएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले संगालोखबरलाई जानकारी दिए । जसमध्ये विभिन्न सवारी साधनका ५५ जना चालकको ल...
‘ऋण नतिर्ने प्रवृत्तिले सहकारी सङ्कटमा’

‘ऋण नतिर्ने प्रवृत्तिले सहकारी सङ्कटमा’

धनकुटा । सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूले समयमा फिर्ता नगर्दा सहकारीहरू थप सङ्कटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । आज धनकुटामा सम्पन्न ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अभियन्ताहरूले सहकारी क्षेत्रमा देखा परेका चुनौतीबारे आवाज उठाएका हुन् । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मदनचोकबाट सुरु भएक...
हराएको आईफोन र नगद फेला पारि मोरङ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

हराएको आईफोन र नगद फेला पारि मोरङ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

विराटनगर । मोरङ प्रहरीले हराएको बहुमूल्य सामग्री फेला पारेर सम्बन्धित धनीलाई सकुशल बुझाएको छ । विराटनगर-३ की सीता खड्काले यात्राका क्रममा छुटाएको आईफोन र नगद एक लाख फेला पारेर प्रहरीले बुझाएको हो । चैत १६ गते भट्टा चोकबाट शनिमन्दिर जाँदै गर्दा उनले चढेको सीटी सफारी (प्र १-२०-००३ ह ६०९०) मा झोला छुटेको थियो । हराएको सामानबारे उनले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो । मोरङ प्रहरीले ...
लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान

लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान

भोजपुर । भोजपुरमा लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ संरक्षण अभियान थालिएको छ । विश्वमै दुर्लभ मानिने रेडपान्डा भोजपुरमा भेटिन थालेपछी टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा रेडपान्डा संरक्षण कार्यक्रम थालिएको हो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान सुरु गरेको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपास क्षेत्रको वनमा रे...
धनकुटाबाट कारमा राखेर लैजाँदै गरेको तीन सय किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट कारमा राखेर लैजाँदै गरेको तीन सय किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कामछेकबाट तीन सय किलो गाँजासहित गएराती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राती करिब ११ बजे भेडेटार–रवि राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको कारमा राखेर लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेको हो । गाँजा फेला परेपछि गाँजासहित कारमा सवार विराटनगर-१५ का २६ वर्षीय पृन्सकुमार शाहलाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी ...
धनकुटाको महालक्ष्मीमा विद्युत सर्ट भएर आगलागी

धनकुटाको महालक्ष्मीमा विद्युत सर्ट भएर आगलागी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ मुलखर्कमा विद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ । आज बिहान स्थानीय नन्दकुमार थापाको ढुङ्गा, माटोले बनेको दुई तले घरमा आगलागी भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बिहान ८ बजेबाट सुरु भएको आगलागी एक घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा र काठपात पूर्णरूपमा जलेर नष्ट भएको उनको भनाइ छ । आगलागीबाट...
धनकुटाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनकुटाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट गएराती भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय तेजकुमार बिक र ३८ वर्षीय मनभा राई छन् । भरुवा बन्दुक बोकेर प्र–१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा ढुंग्रेबाट सिन्कुला आउँदै गर्दा राती करिब १० बजे उनीहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । विकले चलाएको मोटरसाइकलमा ...
धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि एमालेले वृहत जनजागरण मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो । सयौँ मोटरसाइकलको ताँतीसहित बसपार्कबाट सुरु भएको र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो...
भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै

भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण अन्तरगत आजकाे खेलमा ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुँदै छ । खेल अपराह्न चार बजेबाट सुरू हुनेछ । सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि जारी प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता छ । उद्घाटन खेलबाटै आयोजक सहिद भीमनारायण स्मृति धनकुटा प्रतियोगिताबाट बाहिरीएको छ । सप्तरीको नम...
धनकुटामा एमालेले वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गर्ने

धनकुटामा एमालेले वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गर्ने

धनकुटा । नेकपा एमाले धनकुटाले सोमबार धनकुटामा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो । अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको छ, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धन...
एमाले महानगर कमिटीद्वारा विराटनगरमा सरसफाइ

एमाले महानगर कमिटीद्वारा विराटनगरमा सरसफाइ

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले जागरण अभियान अन्तरगत आज सरसफाइ गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका एमाले नेता कार्यकर्ताहरूले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापालगायतका नेताहरू सरसफाइमा सहभागि थ...
यसरी भयो भीमनारायण गोल्डकपको उद्‌घाटन (फोटो फिचर)

यसरी भयो भीमनारायण गोल्डकपको उद्‌घाटन (फोटो फिचर)

धनकुटा । धनकुटामा आजबाट सुरु भएको भीमनारायण गोल्डकपको पहिलो खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीबीच प्रतिष्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुबै टोलीले गोल गर्न सकेका छैनन् । तस्बिरमा हेर्नुहोस् आजको उद्‌घाटन समारोह– तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटा । धनकुटामा आजबाट भीम नारायण गोल्डकप सुरु भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा १७ औं संस्करणको गोल्डकप आजबाट सुरु भएको हो । धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता भइरहेको छ । आजको पहिलो उद्‌घाटन खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले सात लाख र...
महावीर पुन विराटनगरमा सम्मानित

महावीर पुन विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुन विराटनगरमा सम्मानित भएका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्री गर्न आएका पुनलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको हो । पुनलाई निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अबिर र...
विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगर । विराटनगरमा सोमबार देखि चौथो संस्करणको इकयुवालिटी कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा मयारिलिबोन क्रिकेट क्लब र क्रिकेट विथआउट बाउन्ड्रिजसँगको सहयोगमा प्रतियोगिता हुन लागेको हो । विराटनगर-६ स्थित ‘म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड’ मा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रति...
सिरहाको मिर्चैयामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १३ अस्पताल बन्द

सिरहाको मिर्चैयामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १३ अस्पताल बन्द

विराटनगर । सिरहाको मिर्चैयामा अवैधरूपमा सञ्चालित १३ वटा निजी अस्पताल बन्द गरिएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पताल बन्द गरेको हो । अनुगमन गरिएका १४ अस्पतालमध्ये १३ वटा अवैध रहेको जनाइएको छ । सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल र एसजेके पोलिक्...
उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

विराटनगर । उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बेलका नगरपालिका-६ असारे स्थित मूर्तिखोलाबाट सशस्त्र प्रहरीले आठ सय ९१ किलो गाँजा बरामद गरेको हो । शनिबार साँझ सशस्त्रले ठूलो परिमाणमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र हुँद...
भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

धनकुटा । पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंगरुमा शनिबार सम्पन्न खेलमा मोरङको बेलबारी नगरपालिकालाई हराउँदै षडानन्दले उपाधि जितेको हो । बेलबारीलाई २५-१८, २५-२१, २२-२५ र २५-२१ को सेटमा षडानन्दले हराएको थियो । विजेता बन्दै षडानन्द नगरपालिकाले एक लाख २१ हजार र उप...
भिमनारायण गोल्डकपको तयारी पुरा

भिमनारायण गोल्डकपको तयारी पुरा

धनकुटा । धनकुटामा आगामी चैत १७ गतेबाट सुरु हुने भिमनारायण गोल्डकपको तयारी पूरा भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा हुन लागेको १७ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसँगै सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब, काठमाडौको चितलाङ्ग फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेड क्...
पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग

पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग

धनकुटा । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरू पनि आन्दोलित भएका छन् । शुक्रबार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार  सुरेश रजकको हत्या तथा विभिन्न सञ्चार गृहमा तोडफोड गरिएको भन्दै आज पत्रकार महासङ्घ धनकुटाले विरोधसभा आयोजना गरेको हो । उनीहरूले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार माध्यममाथि तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्...
पाँच दशक बसेको ठाउँबाट हटाइएपछि सुनवर्षीका लक्ष्मी पासवानको परिवार बिचल्लीमा

पाँच दशक बसेको ठाउँबाट हटाइएपछि सुनवर्षीका लक्ष्मी पासवानको परिवार बिचल्लीमा

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बङ्गाली टोलका लक्ष्मी पासवानको परिवार यतिबेला बिचल्लीमा छ । गत मंसिर १२ गते पाँच दशकअघि लक्ष्मीका बुबाले बनाएको घर अदालतको आदेशपछि भत्कियो । त्यही छेउमा उनीहरूले सामान्य घेराबेरा गरेर रात कटाउने टहरो बनाए । तर, उक्त टहरो पनि चैत १३ गते बिहीबार भत्काइएको छ । जसले आफ्नो परिवार बिचल्लीमा परेको लक्ष्मीले बताए । अहिले छिमेकीको घरमा पालैपालो शरण लिन ...
भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

विराटनगर । भारतमा गाडी दुर्घटना हुँदा तीर्थयात्रामा गएका चार नेपालीको मृत्यु भएको छ । दाङका तुलसीपुरबाट तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी बिहीबार बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको जनाइएको छ । ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको प...
इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । इलाममा १५ दिनदेखि हराइरहेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।  फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव सोही गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कट्टेलको शव आज बिहान उत्खनन् गरिएको छ । उत्खनन् पश्चात शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
धनकुटामा पहिचान नखुलेका वृद्ध मृत फेला

धनकुटामा पहिचान नखुलेका वृद्ध मृत फेला

धनकुटा । धनकुटामा एक वृद्ध व्यक्तिकाे शव फेला परेकाे छ । आज दिउँसाे करिब ४ बजे साँगुरीगढी गाउँपालिका-९ चाँदी बजार स्थित सदुवा खाेलाकाे ओढारमा शव फेला परेकाे हाे । अन्दाजी ७० वर्षका वृद्ध व्यक्तिको पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनकाे शव पाेष्टमार्टमका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेपा पठाइएका...
रोजगारीका लागि मलेसिया पुगेका धनकुटाका बिसन आलो घाउ र ऋण बोकेर फर्किए

रोजगारीका लागि मलेसिया पुगेका धनकुटाका बिसन आलो घाउ र ऋण बोकेर फर्किए

धनकुटा । धनकुटा नगरपालिका-८ लुकुवा टोलका २५ वर्षीय बिसन राई घरको आर्थिक अवस्था सुधार गर्न भन्दै रोजगारीका लागि मलेसिया गए । तर, मलेसिया पुगेको करिब १४ महिनापछि अचानक बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो । पैसा कमाउने सपना बोकेर विदेशिएका उनी अचानक एपेन्डिसाइटिस भएपछि रित्तोहात घर फर्किन बाध्य भएका छन् । उनी चैत १० गते शरीरको आलो घाउसहित काँधका ऋणको भारी बोकेर घर फर्किएका हुन् । गतवर्ष कात्तिकमा ...
error: Content is protected !!