भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । प्रहरीले आज बिहान चेकजाँचको क्रममा उनीहरूलाई फरक-फरक सवारीसाधनबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-७ की ४९ वर्षीया सीता कार्की र ४२ वर्षीया इन्दिरा राई रहेका छन् ।
धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कार्कीलाई बिहान करिब १०ः५० बजे अखुवाबाट धरानतर्फ जाँ...





























