संगालोखबर


धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न आज धनकुटामा मतदान सम्पन्न भएकाले भोलि बिहानबाट मतगणना थालिने भएको छ । आज रातिसम्ममा सबै वडाहरूट मतपेटिका संकलन गरेर भोलि बिहान ७ बजेबाट मतगणना थालिने भएको हो ।

प्रतिनिधि छनौटका लागि धनकुटाका ६० वटै वडामा मतदान केन्द्र तोकिएको थियो । प्रतिनिधि छनौटका क्रममा असन्तुष्ट नेता इन्द्रमणि पराजुली पक्षले जिल्ला पार्टी कार्यालयसहित केही वडाहरूमा विरोध प्रदर्शन र केही समय अवरोध गरेको थियो । तर, विरोधका बावजुत पनि सबै वडामा मतदान सम्पन्न भएको एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए । 

Advertisement

अहिले अधिकांश वडाहरूबाट जिल्ला पार्टी कार्यालयमा मतपेटीका सङ्कलन भइसकेको छ । सबै वडाको मतपेटीका आइसकेपछि भोलि बिहान ७ बजेबाट पार्टी कार्यालयमा मतगणना सुरु गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

प्रतिनिधि छनौटका क्रममा सहमति जुट्न नसकेपछि पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार मतदान गरिएको एमाले धनकुटाले जनाएको छ । यता, सहमतिका लागि भन्दै अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता गराएर अन्तिममा पूर्वतयारी विना नै हचुवा तालमा मतदानमा लगिएको भन्दै नेता पराजुली पक्षले विरोध जनाएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!