सोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा उडान ठप्प
सोलुखुम्बु । मौसम प्रतिकूल भएपछि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा हवाई उडान ठप्प भएको छ । जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु क्षेत्रमा भ्रमणका लागि आएका पर्यटक समस्यामा परेका छन् । उनीहरु फर्कन पाएका छैनन् ।
बाक्लो हुस्सु लागेर ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाईजहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी ...































