आन्दोलनरत् कोशी प्रदेशका लेखा अधिकृतहरुले मन्त्रीलाई बुझाए ज्ञापनपत्र
विराटनगर । प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधनको मागसहित आन्दोलनमा उत्रिएका कोशी प्रदेशका लेखा अधिकृतहरूले आज आर्थिक मालिा तथा योजनामन्त्री रामबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
तह वृद्धिका लागि ऐनले विभेद गरेको भन्दै लेखा अधिकृतहरूले हिजोदेखि आन्दोलन सुरु गरेका थिए । काम छाडेर उनीहरु आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी प्रक्रिया अवरुद्ध भएको छ । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले चौथो तह, छ...





























