संगालोखबर
सांकेतिक तस्वीर

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एकजना महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भइ सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको गएराति मृत्युि भएको प्रहरीले जनाएको छ ।

चुलोबाट खरानी निकाल्ने क्रममा उनलाई सर्पले डसेको थियो । उपचारका लागि सुरुमा जयकाली सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उपचारकै क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!