संगालोखबर


उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।

अस्पताल प्रशासनका अनुसार ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयजना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए । 

Advertisement

शैय्या अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, पुरानो गाईघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजावास, चुहाडे, लक्ष्मीपुर, पोर्ताहा, खैराहा झोडा, बिसनपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा भाइरलको प्रकोप फैलिँदै गएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!