संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले महिला तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम बिहिवार महिला तथा स्त्रीरोग स्वास्थ्य शिविर गरिने भएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

Advertisement

शिविरमा विशेषज्ञबाट सेवा प्रदान हुने उनले बताए । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुईपटक कार्यालयबाट सेवा प्रवाह गर्ने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

आज पहिलो दिन ७ गर्भवती र ५ जना पाठेघर समस्या भएका गरी जम्मा १२ जनाले सेवा लिएका पोखरेलले जानकारी दिए । सेवाग्राहीहरूलाई विराट नर्सिङ होमका डा. भानुभक्त न्यौपानेले स्वास्थ्य परीक्षण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!