संगालोखबर

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

धरान–२० बाट इटहरी उपमहानगरपालिका–१० का ४० बर्षीय रामकुमार चौधरी र इटहरी–११ का ३६ वर्षीय मोहन कार्कीलाई १२ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको केराबारी–८ बाट केराबारी–७ का १९ वर्षीय साजन लिम्बु, केराबारी–१ का २२ वर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका–५ का ३१ वर्षीय शक्ति लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

यस्तै, झापाको दमक नगरपालिका–३ बेलडागी शिविर का २७ वर्षीय बिक्रम राईलाई घरमा लुकाएर राखेको ब्राउनसुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!