संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट खोटाङ घर भएका एकजना पक्राउ परेका छन् ।

लतिलपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ, केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!