विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा ३० जना घाइते
विराटनगर । विराटनगरमा प्रहरीको ‘टु टेन’ गाडी दुर्घटना भएको छ । आज साँझ विराटनगर महानगरपालिका–१५ भट्टीमोडमा गाडी दुर्घटना हुँदा ३० जना प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते भएका प्रहरीहरूको कोशी, न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भट्टीमोडस्थित टर्निङमा स्कुल बसलाई जोगाउन खोज...































