संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित मुनालझोलाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार राति ९ः१० बजेतिर  पक्राउ गरेको हो ।

लागूऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही स्थानका ५६ वर्षीय बलबहादुर राईलाई पक्राउ गरेको छ ।

Advertisement

उनको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक र गाँजा फेला पारेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार भान्साकोठामा लुकाएर राखिएको अवस्थामा एउटा भरुवा बन्दुक र घरनजिकै रहको ग्वालीबाट १.५ किलो गाँजा बरामद भएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

उनीविरुद्ध हातहतियार खरखजना र लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!