
विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पुराना फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर भ्रम तथा उत्तेजना फैलाउने कार्य नगर्न आग्रह गरेको छ । सुनसरीको देवानगन्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो ।
सामाजिक सञ्जालमा यसअघि नै भएका आन्दोलनका पुराना भिडियो तथा फोटो राखेर अफवाह फैलाउने कार्य हुन थालेपछी भ्रम, अफवाह र उत्तेजना फैलाउने कार्य नगर्न आग्रह गरिएको प्रतिष्ठानका प्रेस रजिष्टार लिलाराज भट्टराईले जानकारी दिए ।
प्रतिष्ठानले आधिकारिक श्रोतबाट पुष्टि भएका सत्य, तथ्य जानकारी मात्र सामाजिक सञ्जालमा राख्न र सेयर गर्न अनुरोध गरेको छ । सामाजिक सदभाव, आपसी विश्वास र शान्ति कायम राख्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जिम्मेवार हुनुपर्नेमा प्रतिष्ठानको जोड छ ।

संगालोखबर 












