संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । सदरमुकाम फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् ।

पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिए ।

Advertisement

१५ वर्षीया बालिकालाई गत आइतबार राति बलात्कार गरेको आरोप उनीमाथि छ । घटनापछि पीडितका परिवारले प्रहरीमा उजुरी दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!