संगालोखबर

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ स्थित नागरिक आरोग्य केन्द्रका स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँचखपन–२ का ४० वर्षीय भीषण जीमी पक्राउ परेका हुन् ।

Advertisement

इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जीमीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार जीमीले गत आइतबार स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!