कोशी सरकारविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित
विराटनगर । कोशी प्रदेश सरकार गठन विवादमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा पेशी परेको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा परेर स्थगित भएको हो ।
निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति ...



























