विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथान स्थित रंगेली-विराटनगर सडक खण्डमा ट्रक मुनी मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ ।
हिजो राति करिब साढे आठ बजेको समयमा डाइनिया तर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर रोकिएको थियो । सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएर ट्रक मुनी पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबारीका २६ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि रंगेली अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक चालक मोरङको जहदा गाउँपालिका-४ राम चोकका २९ वर्षीय सुधीर महत्तोबिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।