संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पुसे मेलामा दुई दिन स्थानीय बिदा दिएको छ । ५१ औँ पुसे मेलाको अवसरमा पुस ३ र ४ गते स्थानीय बिदा दिइएको पालिका अध्यक्ष यूक हां विर हाँगाम् (डम्बर)ले जानकारी दिए ।

उक्त दिन गाउँपालिका भित्रका शैक्षिक संस्था, सरकारी कार्यालय र सङ्घसंस्थाहरू बन्द रहने छन् । आकस्मिक सेवा भने बन्द नहुने गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिकामा मंसिर १९ गते बसेको कार्यपालिका बैठकले स्थानीय बिदा दिने निर्णय गरेको थियो । मेला पुस १ गतेबाट दोभान बजारमा लाग्दैछ ।

मेलाको अवसरमा अन्तरजिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, साइक्लिङ, र्‍याफ्‌टिङ, कृषि प्रदर्शनी मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!