संगालोखबर


विराटनगर । कोशी प्रदेशमा बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कोशीमा ३६ हजार पाँच सय १८ दशमलव १५ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुँदा यस वर्ष ११ लाख ८२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख ६९ हजार नौ ४६ हेक्टर जमिनमा धान रोपाइँ हुँदा ११ लाख ४५ हजार सात सय तीन मेट्रिक टन धान उत्पादन भएको थियो ।

Advertisement

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा तीन लाख ८२ हजार  आठ सय ११ मेट्रिक टन धान उत्पादन हुँदा सोलुखुम्बुमा दुई हजार तीन सय ३९ मेट्रिक टन धान उत्पादन भएको छ ।

मोरङमा तीन लाख ३९ हजार तीन सय, सुनसरीमा दुई लाख १७ हजार, ताप्लेजुङमा १५ हजार नौ सय छ, पाँचथरमा १३ हजार आठ सय ६२, इलाममा ३६ हजार नौ सय ३९ र धनकुटामा १६ हजार ९२ मेट्रिक टन धान उत्पादन भएको छ ।

यसैगरी तेह्रथुममा १४ हजार तीन सय ४८, संखुवासभामा २० हजार नौ सय ३५, भोजपुरमा ३७ हजार सात सय ९१ र उदयपुरमा ४९ हजार पाँच सय ७४ मेट्रिक टन धान उत्पादन भएको छ ।

खोटाङमा २५ हजार तीन सय ४५ र ओखलढुंगामा १० हजार दुई सय ६८ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!